सबैलाई पठाउनु होला

काठमाडौं –  सरकारले रगतको मूल्य बढाएको छ । सबै रक्तसञ्चार केन्द्रहरुलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी दिए  ।

यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो । मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सचिवस्तरीय निर्णय गरेको थियो ।

प्रयोगशालाका अनुसार ब्लड ब्यागको यसअघि ८० रुपैयाँ पर्ने गरेकोमा १५० रुपैयाँ कायम गरिएको छ भने ट्रान्सफ्युजन सेट ३० रुपैयाँ पर्नेमा १ सय रुपैयाँ बनाइएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत निशुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको हुन  ।

समाजले रगत निःशुल्क दानमा उपलब्ध हुँदै आएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरु निःशुल्क नै उपलब्ध गराउने व्यवस्था गर्न माग गरेको छ ।

सूचना हेर्नुस्  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com