सबैलाई पठाउनु होला

काठमाडौं –  श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड (लिखु-३)ले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि सोमबारदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गर्ने कूल शेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका ५, ६ र ७ र मन्थली नगरपालिका–११, १२ र १३ तथा रामेछाप नगरपालिका १ र ३ का बासिन्दाका लागि निष्कासनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता शेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको हो ।

त्यस्तै रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ र ओखलढुङ्गाको लिखु गाउँपालिका १, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता शेयर छुट्याइएको कम्पनीले जानकारी दिएको  छ।

बिक्री खुला गरिने शेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन्।

साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ्गास्थित यसम शाखा, रामेछापस्थित साङ्ग्र्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जानकारी दिएको  छ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी–बीबी आइएस’ ग्रेडिङ प्रदान गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com