सबैलाई पठाउनु होला

काठमाडौं –   आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटबाट नेपाल बाहिरिएको छ। नेपाल मंगलबार थाइल्याण्डसँग पराजित भएसँगै विश्वकप एसिया छनोटबाट बाहिरिएको हो।

मलेसियाको युकेएम ओभल मैदानमा भएको खेलमा नेपाल ४९ रनले पराजित भएको छ। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थाइल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन जोडेको थियो।

जवाफी ब्याटिङ्‍मा उत्रेको नेपालले १९.५ ओभरमा अलआउट हुँदै ४० रन मात्र जोड्न सकेको थियो । बिहिबार नेपालले अन्तिम खेलमा मलेसियासँग खेल्नेछ। नेपालले ४ खेलमा ४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com