काठमाडौं महानगरपालिका १५ शोभाभगवतीस्थित विष्णुमती खोला किनारबाट नेपाल प्रहरी ले विशेष सूचनाको आधारमा खोजतलास गर्दा चार थान टाइप–५४ पेस्तोल, सात थान म्याग्जिन र ९ एमएम बेरेटा प्रकारका ५८ राउण्ड गोली बरामद गरेको छ। आइतबार बिहान करिब ११ बजे प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले उक्त हतियार फेला पारेको हो। सरसफाइ कर्मचारीको रोहवरमा मुचुल्का तयार गरी सामग्री सुरक्षित राखिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

