सबैलाई पठाउनु होला

काठमाडौं –    नेपाल क्रिकेट संघ(क्यान)का महाप्रबन्धक वृतान्त खनाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आईतबार भेटवार्ता भएको छ।

काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा काठमाडौं महानगरपालिकामा क्रिकेटलाई कसरी अगाडि बढाउने र यहाँका विद्धालय तहमा पनि क्रिकेटको प्रवर्द्धन गर्न नीति निर्माणका लागि आवश्यक छलफल भएको क्यानका महाप्रबन्धक खनालले जानकारी दिएका छन् ।

यस्तै काठमाडौं मेयर्स कप र क्रितिपुरस्थित टीयू क्रिकेट खेलमैदान व्यवस्थित गर्नपनि छलफल भएको महाप्रबन्धक खनालले जानकारी दिएका छन् । मेयर बालेनले पनि महानगरको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको महाप्रबन्धक खनालले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com