सबैलाई पठाउनु होला

धरान –    सुनसरीको इटहरी उपमहानगरपालिकाको जुट विकासमा चितुवा निस्किएको छ। सोमबार बिहानै बाक्लो मानव बस्ती रहेको जुट विकास टोलमा चितुवा देखिएको स्थानीय लक्ष्मी गेलालले जानकारी दिएको हुन ।

चितुवालाई समयमा नै नियन्त्रण नहुँदा सर्वसाधारण आतंकित बनेका छन् । गेलालले चितुवालाई नियन्त्रण नगरेका कारण टोलबासी ढोका बन्द गरेर घरमै बसेको बताएका छन् ।

चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन प्रतिबन्ध लगाइएको सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए ।

उनले इटहरी बासिको सुरक्षाको लागि प्रहरी परिचालन गरिएको बताएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षका कर्मचारी परीक्षामा रहेकाले चितुवा नियन्त्रण गर्न केही समय लाग्ने माझिले बताए । स्थानीय बासिले तत्काल चितुवा नियन्त्रण गर्न माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com