सबैलाई पठाउनु होला

नेपाल –   वर्षात सुरु भएका कारण जिल्लाका नौवटै स्थानीय तहमा सडक पुर्याउने  नाममा जथाभावी खनिएका सडकमा अहिले पहिराको जोखिम बढ्न थालेको छ । केही दिनदेखि भइरहेको वर्षात्ले यहाँका गाउँघरका अधिकांश सडक बन्द हुन थालेका छन् ।

डोजर अपरेटरका भरमा जथाभावी सडकको ट्र्याक खन्दा पहिरोको जोखिम बढेको स्थानीयवासीको भनाइ रहेको  छ । निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका वाचा अनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरुको आरोप रहेको  छ ।

गाउँ गाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षण बिनानै खनिएका यस्ता सडकले बस्तीनै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “ मनपरि खनिएका सडकले अहिले पहिरो आउन थाल्यो ।”

यहाँका ग्रामीण सडक वर्षासँगै जोखिमाा पर्नुका साथै आसपासका बस्तीसमेत सङ्कटमा परेको शिखर नगरपालिका–१ पल्लेकीका नेत्रबहादुर शाहीले बताउनुभएको छ  ।

जिल्लामा अहिले परिरहेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट,राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडकमा समस्या देखिदैँ आएको छ ।

सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ–गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरो आउँदा सडकमा समस्या देखिने गरेको हो ।

जथाभावी खनिएका ती सडकमा पछिल्लो समय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीयवासी तथा शिक्षक चेतराज भट्टले बताउनुभएको छ  ।

उहाँले भन्नुभयो, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका बस्ती मात्रै जोखिम बनायो ।” यहाँका सडकहरु बस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले बस्ती नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।

प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उहाँले आरोप लगाउनुभएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com