सबैलाई पठाउनु होला

 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गरोस्  हामि जनताको काम गर्छौ भन्ने प्रतिक्रया दिएका छन ।

संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग  कुराकानी गर्दै लामिछानेले आफूहरूले कामले जबाफ दिने बताए।

‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न चाहन्छु,’ उनले भने, ‘हामीले कामले जबाफ दिने हो, जुन नेपाली जनताले दिइरहन्छन्।’

कांग्रेसले सहकारी प्रकरणमा लामिछाने जोडिएको भन्दै पदबाट राजीनामा दिनुपर्ने र यसबारे छानबिन गर्न संसदीय समिति गठनको मागसमेत गर्दै आएको छ।

उनले वर्षमा संसदबाट एउटा मात्र कानुन बनेको प्रसंग पनि सुनाए।

‘म भन्छु, नेपाली कांग्रेसले चार वर्ष संसद अवरूद्ध गरोस्। अहिलेको हाम्रो यो संयन्त्रले काम गरोस्। अनुसन्धान गर्दागर्दैका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनको कुरा गर्ने? चार वर्ष अवरूद्ध गरोस् कांग्रेसले,’ गृहमन्त्री लामिछानेले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com