गुनासो चौतारी काठमाण्डौ, चैत १५ फागु पुर्णिमा अर्थात होली पर्ब नेपालमा हर्सउत्साहासहित मनाउने पर्ब हो। नेपालमा यो पर्ब अरु पर्बजस्तै रमाइले गरी मनाइन्छ । होलीको अघिल्लो साझ नेपालको बसन्तपुर दरबार अगाडि होलिका दहन गरेर यस चाडको सुरुवत गरिन्छ । यो पर्ब हिन्दू धर्मलम्बी हरुले मनाउने चाड पनि हो । तर विश्व महामारी कोरोना भाईरसको कारण बिशेष शहर सुस्तायका छन । तर फेशबूकमा भने सझियका छन । नेपालको विशेष सहरहरु काठमाडौँ, पोखरा, धरान, भरतपुर, बिराटनगर, धनगढी लगायत ठाउँमा होलीको रौनक अझै फरक हुन्छ ।
विशेष सांस्कृतिक कार्यक्रमहरू र त्यसमाथि रङहरूको वर्षाले सहरको होली अझै रमाइलो र राम्रो देखिन्छ । नेपालका गाँउहरूमा पनि होली भब्यताका साथ मनाइन्छ । होलीमा पानी छ्याप्ने, अबिर, केशरी लगायत रङ लगाउने चलन छ । बर्तमान समयमा होलीले विभिन्न खालका विकृति, विसङ्गतिहरू पनि नभित्र्याएको पनि कहाँ हो र ? होलीमा आजका युवाहरु इच्छा बिपरित रङ्ग दलिदिने, अण्डा फोड्ने, गाडीको मोबिल दल्ने, हिलो लगाइदिने, युवाहरु रक्सी, गाँजा, भांग, खाएर मातिने जस्ता काम गर्छन् जसलाई राम्रो मान्न सकिदैन । नेपालका मुख्य शहरहरूमा होलीका लागि भनेर विभिन्न ठाउँमा कडा सुरक्षा जाँच गरिन्छ ।

