सबैलाई पठाउनु होला

काठमाडौं- यस साताको दोस्रो दिन सोमवार सुनको  मूल्य निकै बढेको छ ।

आइतवारको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम भएको छ।   यो मूल्य डेढ वर्ष यताको सर्वाधिक उचाईभन्दा ५०० रुपैयाँ मात्रै कम हो । यस अघि २०७७ साउनमा २३ गते नेपालमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आइतवारको सोही सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको कारोबार अर्थात् आइतवार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कायम भएको थियो । आज प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४२५ रुपैयाँ कायम भएको  कुरा  नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

सोमवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ । रुस र युक्रेन बिच भएको तनावका कारण सेफ एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको व्यवसायीले बताउँदै आएका छन् ।
आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ९८७ डलर ८६ सेन्टसम्म पुगेको छ ।

त्यसैगरी, अन्तरराष्ट्रिय बजारमा डलरको भाउमा भने स्थिरता रहेको छ । हिजो १ अमेरिकी डलरको विक्री १२२ रुपैयाँ १६ पैसा रहेकोमा आज पनि सोहि कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com