ललितपुरको महालक्ष्मीका २५ वर्षीय सुरज खड्कालाई शंखमूलमा खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा नाम्दुका ३४ वर्षीय रोशन लामा, रामेछाप मन्थली घर भई जडिबुटी बस्ने १९ वर्षीय राजेश बुढाथोकी, रामेछाप खाँडादेवी घरभइ जडीबुटी बस्ने २७ वर्षीय सञ्जिव मोक्तान, भक्तपुर मध्यपुर ठिमीका २३ वर्षीय पुकार केसी र सिन्धुपाल्चोक बतासे घर भई राधेराधे बस्ने २३ वर्षीय प्रविण नेपाल छन् ।
उनीहरुलाई ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कारबाहीको लागि बिहीबार महानगरीय प्रहरी वृत्त बानेश्वर पठाएको महाशाखाले जनाएको छ ।

