सबैलाई पठाउनु होला

भौगोलिक विकटताका बाबजुत पालिकाले आफ्नै वजेटबाट ३ सय १४ किलोमिटर सडक विस्तार गरेको हो। यसका साथै केन्द्र र प्रदेशको बजेटबाट थुप्रै सडक र अन्य कामहरु भएको बताइएको छ। उदयपुरको रौतामाई गाउँपालिकाले पाँच वर्षको अवधिमा सबैभन्दा बढी सडक सञ्जालमा प्रगति हासिल गरेको छ।

निर्माण भएका सडकमध्ये सबैभन्दा बढी वडा नं ७ मा ५६ किलोमिटर रहेको अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताएको छ । यो वडामा पालिकाको बजेटबाट निर्माण भएका ५ वटा सडकमध्ये सबैभन्दा लामो मुर्कुची–डुम्रिथुम्का– पुवाँरे–रानीबास–फुलवारी १४ किमि रहेको छ।

जिल्लाकै मुख्य बजार मुर्कुची यसै वडा भित्र रहेको र सदरमुकामको नगरपालिकालेसमेत छोएको वडा भएकाले अन्य वडाको तुलनामा बढी विकास भएको पाईन्छ।    अध्यक्ष खड्काले उक्त वडामा २७ किलोमिटरका दुईवटा सडकको स्तरोन्नती गरिएको  बताएको छ । यो वडा भुगोल र  जनसंख्याका हिसाबले सबैभन्दा ठूलो रहेको छ।

८ वटा वडा रहेको रौतामाईमा तुलानात्मकरुपमा सडक संजालमा सबैभन्दा कम वडा नं ६ मा साँढे १८ किमी सडक निर्माण भएको छ। त्यसैगरी वडा नं १ मा ३३ किलोमिटर, वडा नं २ मा साँढे ५० किमी, वडा नं ३ मा ४०, वडा नं ४ मा ६२, वडा नं ५ मा २९ र वडा नं ८ मा साँढे २५ किलोमिटर निर्माण भएको अध्यक्ष खड्काले बताएको छ।

लम्बाईका हिसाबले सबैभन्दा लामो १६ किलोमिटर वडा नं ४ स्थित ढुंङ्गेपोखरी–भदौरे सडक रहेको छ। त्यसैगरी वडा नं २ मा भुट्टार–लाफागाउँ १५ किमी, वडा नं ५ को निकास–डाँडागाउँ–पोखरी १५ किमी रहेको छ। निर्माण भएका सडक दुईदेखि १६ किमीसम्म लम्बाई रहेका छन्।

त्यस्तै वडा नं १ को  उदौडाँडा , नामेटार ,  डहर , झाक्रे , नौले १० किमी, वडा नं ८ को पुवाँरे भन्ज्याङ्ग , रातमाटे , हात्तिटार , गोगुने , निगाले साँढे ९ किमी, वडा नं ३ रातमाटे , चनौटे, चौतारा , चितम्पा ८/८ किमी र वडा नं ६ मा निगाले–रुवाला ५ किमी सडक रहेको अध्यक्ष खड्काले बताए।

‘हामी निर्वाचित भएर आउँदा सदरमुकामसँग जोडिएको एउटा सडक मुस्किलले आउजाउँ हुन्थ्यो, वडा कार्यालय र पालिकासँग जोडिएका कुनै सडकै थिएन्, जुन हामीले पूरा गरेका छौ।’ ‘पालिकामा आएको बजेटबाट सडकलाई कालोपत्रे गर्न नपुगेपनि सबै वडा र पालिका जोडिने ट्रयाक खोली स्तरोन्नती गरेका छौ,’ अध्यक्ष खड्काले भने, ‘संघ र प्रदेशका बजेटबाट थुप्रै सडक बनेपनि पालिकाको बजेटबाट सडक निर्माण सायदै हामी जिल्लाकै पहिलो हौ , उनले भने ।’

‘सबै वडा जोडिनु पर्ने हाम्रो वाध्यता भएकाले विकास निर्माणको पहिलो प्राथामिकता सडकमै गयो,’  ‘त्यसपछि पालिकाको प्रशासनिक र सवै वडा तथा प्रहरी कार्यालय भवनका बिजुली, शिक्षा,  पूर्वाधार सबै वडाका स्वास्थ्य भवन, पर्यटन, औधोगिक ग्राम, मुख्यमन्त्री आपतकालिक सेवा, १५ सैयाको अस्पताल भनव,  युवारोजगार, एकीकृत बस्ति विस्तार, गाउँपालिकामा बैंक स्थापनामा लगानी गरेका हौ , उनले भने  ।’

‘व्यवस्था परिवर्तन पछिको पहिलो जनप्रतिनिधिकोरुपमा उपस्थिति हुँदै गर्दा थुप्रै ऐन, कानुनको अभाव थिए, ति बनाउँदै जाँदा काममा केही बाधा पुगेपनि विकास निर्माणमा अरु भन्दा अव्वल छौ , अध्यक्ष खड्काले भने ।’

उपाध्यक्ष कुमारी ठकुरीले महिला, जेष्ठ नागरिक लक्षित कार्यक्रमबाट उनीहरुका समस्या   निराकरण र  पहिचान, सुत्केरीलाई पोसिलो खानेकुरा, न्यानो कपडा वितरण जस्ता कामहरु भएको बताईन। उनले कर्मचारी अभाव, भौगोलिक विकटताकाकारण काममा केही असजिलो भएपनि उपलब्धिका हिसाबले सन्तुष्ट रहेको बताएकी छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com