तनहुँमा बोलेरो जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका-१०, मान्द्रेस्थित घाँस लिएर जाँदै गरेको अवस्थामा दुर्घटना भएको हो । युनिक मल्टि एग्रो फार्मको जीप दुर्घटना हुँदा फार्ममा कार्यरत बन्दिपुर गाउँपालिका-४ निवासी २५ वर्षीय सुरेशबहादुर घर्ती रहेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिएको छ ।
घटना कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार फार्ममा घाँस लिएर गएको ग १ त ८२०१ नम्बरको बोलेरो जीप अचानक मलखादमा पल्टिँदा चेपिएर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

