सबैलाई पठाउनु होला

बलिउड अभिनेत्री मलाइका अरोडाको कार दुर्घटना भएको छ। हाल उनी मुम्बईको अपोलो अस्पतालमा भर्ना भएकी छिन । भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनलाई सामान्य चोट लागेको  बताईएको छ।

मलाइका सवार रेञ्ज रोभर मुम्बई-पुणे एक्सप्रेस वे नजिकै दुर्घटनामा परेको हो। टाइम्स अफ इन्डियाका अनुसार दुर्घटनाको प्रारम्भिक कारण अत्याधिक ट्राफिक हुनु हो। महाराष्ट्र नवनिर्माण सेनाको कार्यकर्ताको सम्मेलनका कारण सडकमा अत्याधिक मात्रामा सवारी जाम थियो। र, सोही बेला अचानक तीन गाडी एक-आपसमा ठोकिएका थिए।

यसैबीच एउटा स्विफ्ट कार मलाइकाको गाडीसँग ठोकिन पुगेको हो।  मुम्बई पुलिसका अनुसार यस घटनाको मुद्धा दर्ता गरिएको छ। साथै, पुलिसले यस घटनाबारे छानबिन प्रक्रिया अगाडी बढाइसकेको बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com