सबैलाई पठाउनु होला

सिन्धुली  –  सिन्धुलीको ग्वाङ खोलामा आएको बाढीले निर्माणाधीन पुल भत्काएको छ। ग्वाङ खोलामा निर्माण भइरहको पुल आइतबार राति आएको बाढीले भत्काएको हो।वडाध्यक्ष पूर्णबहादुर खड्काले  ढलानका लागि तयारी अवस्थामा रहेको पुल बेमौसमी बाढीले भत्काएको वडाध्यक्ष पूर्णबहादुर खड्काले बताएका छन् ।

वडाध्यक्ष खड्काका  अनुसार पुल ३० मिटर लम्बाइको थियो। ‘तीन वर्षअघि नै ठेक्का लागेको भए पनि धेरै ढिलो गरी पुल बन्न थालेको थियो’ । पुलले वडा नम्बर ५ र ६ जोड्थ्यो। सिन्धुली कारागार जाने बाटोमा पक्की पुल नहुँदा समस्या भएकाले पुल निर्माण थालिएको थियो।

निर्माण कम्पनी काममा फर्किएको एक महिना भएको थियो। आधी काम गरेपछि निर्माण कम्पनीले त्यतिकै काम छोडेको थियो। पुल देवी रमण निर्माण कम्पनीले निर्माण गरिरिहेको थियो। पुल निर्माणका लागि खोलो थुनिएको र पानीको चाप थेग्न नसकेपछि भत्किएको खड्काले बताएका हुन ।

पुल भत्किएको घटनाबारे निर्माण कम्पनीसँग बुझ्ने काम भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। ‘अहिले ढलान गर्न भनी खोलो थुनेर काम थालेको थियो, बाढीले पुल नै भत्काइदियो,’ खड्काले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com