काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका-७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अनलाइन बिङ्गो गेम खेलिरहेको आरोपमा बौद्धबाट १६ जनालाई पक्राउ गरेको हो । उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको जनाएको छ ।

