सबैलाई पठाउनु होला

काठमाडौं –  चीनमा कोरोना भाइरसको संक्रमण तिव्र बनेको छ । सोमबार एकै दिन १६ हजार ५९० जनामा संक्रमण पुष्टि भएको छ ।

चीनको व्यापारिक केन्द्र मानिने सांघाईमा सबैभन्दा धेरै संक्रमित छन् । संक्रमण पुष्टि भएका मध्ये १ हजार २३५ जनामा लक्षणसमेत देखिएको छ ।

कोरोना संक्रमण तिव्र भएपछि सांघाईमा दोश्रो चरणको लकडाउन गरिएको छ । त्यहाँका २ करोड ६० लाख मानिस घरमै बस्न वाध्य छन् ।

सन् २०१९ मा चीनको बुहानबाट कोरोना भाइरस संक्रमण सुरु भएको थियो । कोरोना संक्रमण देखिन थालेपछि सांघाईमा यसअघि नै शैक्षिक संस्था बन्द गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com