सबैलाई पठाउनु होला

काठमाडौं –  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगीहरुले राजनीतिक कुरा गरिरहेको आरोप लगाए ।

उर्जा मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा घिसिङले भारतबाट विद्युत आयातमा उत्पन्न समस्याले केही दिन बिजुली आपूर्तिमा देखिएको समस्यालाई देखाएर उद्योगीहरुले राजनीतिक ढंगले प्राधिकरणसँग निसाना साँधेको आरोप  समेत लगाए ।

निर्देशक घिसिङले निजी क्षेत्रले बिजुली नपाएको भनेर गरिएको प्रचारबाजी पूर्णतया राजनीतिक कुरामात्रै भएको बताएका छन् । केही दिन परेको संकटलाई देखाएर उद्योगीहरुले आफ्नो विरोध गरेको भन्दै घिसिङले अहिले कुनै पनि उद्योगमा लोडसेडिङ नभएको दाबी गरेका छन्  ।

‘अहिले कुनै पनि उद्योगमा लोडसेडिङ छैन । कुनै कुनै ठाउँमा कुनै कुनै दिन पिक आवर र प्रसारणलाइनमा समस्या हुँदा एक/दुई घण्टा बिजुली काटिन्छ । बाँकी कहीं कतै लोडसेडिङ छैन ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com