सबैलाई पठाउनु होला

मलंगवा   –   १२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिक ट्यांकीमा भेटिएको  थियो । आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरे  ।

अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशलाई पक्राउ गरेको थियो । बयानमा जगदीशले बालकको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाए ।

प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलंगवा ल्याए  । जिल्ला प्रहरी कार्यालयले दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको समेत  जनाए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com