सबैलाई पठाउनु होला

मकवानपुर, हेटौंडा – हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेकपा एमाले हेटौँडा उपमहानगरपालिका कमिटीको बैठक आज बस्ने भएको छ । हेटौँडा उपमहानगरपालिका–८, कमानेमा एमालेको उपमहानगर कमिटी बैठक बस्ने तय भएको हो ।

बैठकले आसन्न निर्वाचनका लागि एमालेबाट हेटौँडा उपमहानगरको मेयर र उपमेयर पदका उम्मेदवार टुङ्ग्याउने जनाइएको छ । हेटौँडाको मेयर र उपमेयर पदका उम्मेदवार सर्वसम्मतिबाट टुङ्ग्याउने तयारी भएको एमालेको उपमहानगर कमिटीका एक नेताले जानकारी दिए । सहमति जुट्न नसकेको खण्डमा भने मतदानको प्रक्रियाबाट उम्मेदवार टुङ्गो लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com