सहिद लखन – गाेरखाकाे सहिदलखन गाउपालिकाकाे पालिका अध्यक्षमा युवा नेता उत्तर कुमार श्रेष्ठले दावी गर्नु भएको छ । आउदाे बैशाख ३० गते हुने स्थानीयतह निर्वाचनमा पालिका अध्यक्षमा उहाले माओंवादी केन्द्रबाट पालिका अध्यक्षमा आफुले दावी गरेकाे नेता श्रेष्ठले जानकारी दिनु भयाेको छ ।
समग्र सहिदलखनकाे चाैतर्फी बिकासका निम्ति आफुले काम गर्न चाहेकाे भन्दै उहाले आफ्नाे दावी प्रस्तुत गरेकाे बताउनुभयाे । उहाँ लामाे समय देखि माओंवादी केन्द्र पार्टीमा रहेर सामाजिक कार्यमा सक्रिय हुँदै आउनु भएको छ । उहाका अनुसार आफुले पालिका भित्रकाे अवस्था राम्री बुझेकाे र आफुलाई पालिका भित्र कसरी काम गर्दा पालिकालाई समृद्ध बनाउन सकिने याेजना समेत रहेकाे बताउनु भयाेको छ ।
आफनाे दावी कुनै व्यक्तिगत स्वार्थको निम्ति नभईकन सहिदलखनका नागरिकको जिविकाेपार्जन उकास्नकाे निम्ति भएको उहाले बताउनु भयाेको छ ।

