यूबाहरु बेजोजगार हुनुको फाइदा दलालहरुलाइ, रोजगार नभए पछी यूवाहरु पासपोर्ट बोकेर म्यानपावर डुल्न थाल्न्छन यता दलालहरु झोला बोकेर बेरोजगार यूवाहरु खोज्द डुल्छन, बेजोजगार यूबाहरु आफ्नो बेरोजगारको पिडा थाम्न नसकी खाडी जान आतुर हुन्छन,
बेजोजगार यूबाहरु आफ्नो बेरोजगारको पिडा थाम्न नसकी खाडी जान आतुर हुन्छन । यूबाहरुलाई पनि छिटो भन्दा छिटो खाडी जानपर्ने हुन्छ। दलालहरु बिदेश नगयनी जाम जाम हुने गरी आश्वासन दिन्छन, बस्न राम्रो खान राम्रो तलब राम्रो सुबिधा राम्रो नराम्रो त केही भन्दैनन। अनी बेरोजगारको चपेटाले छट्पटिएको यूबा खाडी जाने निर्णय गर्छ ।
यहाँ बाट सुरुहुन्छ अब यूबा ठगिन, यूबाले पास्पोर्ट बुझाउछ, एजेन्ट (दलाल) भन्छ मेडिकल गर्न ४५०० लाग्छ यूबाले हुन्छ भन्छ जसरिनी जान परेको छ ४५०० ले किन रोकिने ? नेपाल सरकारले मेडिकलको लागि ४५०० तोके पनि मेडिकल वलाले १००० देखी १५०० मा मेडिकल गराउछ, बाँकी जले मेडिकल गरायो त्यसैले झ्वम बनाउछ।
यहाँ कस्तो पनि छ भने जाने यूबा आँफैले मेडिकल गर्न पाउदैन, उनिहरुले जहाँ भन्यो त्यही गर्न पर्ने हुन्छ । मेडिकल गरेपछी बेरोजगार यूबा भिजा पाउने आसा बुन्न थालछ। ८, १० दिन पछी एजेन्ट (दलाल) लाई पैसा आबस्यक पर्छ, अब पैसा हाल्दिनुस् १ हप्ता भित्र भिजा हातमा रख्दिन्छु, यूबा खुशी हुँदै पैसा खोज्न थाल्छ र पैसा दलाललाई दिन्छ, अनी सुरु हुन्छ दसा १ हप्तामा दिन्छु भनेको भिसा हप्ता महिना बर्ष पुछ, अनी कोही दलाल हराउछन, कोही थर्काउन थालछन, यूबाहरु झन तड्पिदै दलाल खोज्न हिद्छन। यास्ता थुप्रै थुप्रै घटनाहरु हाम्रो सामु छन। अब यस्तो हुन नदिन हाम्रो टिम गुनासो चौतारी अ-ओरात्र खट्ने छौ।

