काठमाडौं – विवाहको मुख्य सिजनमै बजारमा काचो सुनको मौज्दात सकिएको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ । चैत २१ गते नेपाल राष्ट्र बैंकले एलसी (वस्तु आयातको बैंक ग्यारेण्टी) नखोल्न बैंकहरुलाई निर्देशन दिएपछि आयात शून्य भएको र अहिले बजारमा काँचो सुनको मौज्दात सकिएको एसोसिएसन उच्च स्रोतले बताएको छ ।
‘सुन आयात नभएको ११ दिन भयो, गत शुक्रबारसम्म १६ किलो मौज्दात थियो ।’ स्रोतले भन्यो ‘आज शुक्रबारसम्म लगभग रत्तियो ।’ चैत २१ अघिसम्म काठमाडौं उपत्यकाभित्र ५ र बाहिर ५ किलो वितरण गर्ने गरी बैंकहरुले दैनिक १० किलो सुन आयात गर्थे । बैंकर्स एसोसिएसनकाअनुसार २२ वटा वाणिज्य बैंकले दैनिक पालो-पालो कोटाको सुन आयात गर्ने गरेका थिए ।

