काठमाडौं – यसवर्ष नेपालका विभिन्न हिमाल आरोहण गर्न रुस र युक्रेनसहित विश्वका ७० देशका ७३८ जना आरोहीले अनुमति पाएका छन् । पर्यटन विभागले उनीहरुलाई आरोहणको अनुमति दिएको छ । विभागका अनुसार हालसम्म ९० समूहमा ७३८ जनाले २१ वटा हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।
एन्डोरा, अर्जेन्टिना, एल साल्भाडोर, फिनल्याण्ड, जर्जिया, जर्मनी, ग्रीस, होण्डुरस, हङकङ, इराक, आयरल्याण्ड, इजरायल, इटाली, कजाकास्तान, केन्या, लिथुवानिया, अष्ट्रिया, बेल्जियम, ब्राजिल, बुल्गेरिया, चिली, चीन, क्रोएसिया, चेक रिपब्लिक, डेनमार्क, इक्वेडर, इजिप्ट, रोमानिया, साउदी अरब, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्वाजील्याण्ड, स्वीडेन, मलेसिया, मेक्सिको, मंगोलिया, मोरोक्को, न्युजल्याण्ड, न्युजल्याण्ड, ओमान, पाकिस्तान, पेरु, पोल्याण्ड, पोर्चुगल, कतार, कोसोभो, मेसेडोनिया, स्वीट्जरल्याण्ड, ताइवान, थाइल्याण्ड, उरुग्वे र भियतनाम लगायतका देशका नागरिकले पनि हिमाल आरोहणको लागि अनुमति लिएका छन् ।
हिमाल आरोहणको लागि अनुमति दिने क्रममा हालसम्म ३९ करोड ५१ लाख ७० हजार २३१ रुपैयाँ राजस्व उठेको विभागले जनाए । सगरमाथा आरोहण गर्नेहरुबाट मात्र ३३ करोड २१ लाख १४ हजार १०० रुपैयाँ राजस्व उठेको छ । विभागका अनुसार यसवर्ष हिमाल आरोहण गर्न अनुमति लिनेमध्ये ५८३ जना पुरुष र १५५ जना महिला रहेका छन् ।

