सबैलाई पठाउनु होला

सुर्खेत –  फोन गर्दा पनि रिसिभ नगर्ने नेकपा एमाले डोल्पाका सचिव लंकबहादुर रोकाय अहिले गाउँमा आएर भोट माग्न सर्मथक पठाएपछि शाहीलाई अचम्म लागेको छ  । स्थानीय तह निर्वाचनपछि नेताहरु आफ्नो आँगनमा आएको देख्दा डोल्पाको मुड्केचुला गाउँपालिका कालिकाका जयबहादुर शाहीलाई अचम्म लागेको हो  ।

गएको स्थानीय तहको चुनावमा मुड्केचुलाबाट माओवादी केन्द्रका दत्तबहादुर शाहीले रोकायलाई झिनो मतले पराजित गरेका थिए । उनै रोकायले अहिले स्थानीय तहको चुनावमा उम्मेदवार घोषणा गर्दै आफ्ना कार्यकर्ता परिचालन गरेर भारत गएका आफन्तलाई घरमा बोलाउन र आफूलाई भोट दिन आग्रह गरेको देख्दा अचम्मा परेको शाहीले बताएको हो  ।

रोकाय एमाले डोल्पाका सचिव हुन् । उनी निर्माण व्यवसायी पनि हुन् । चुनाव हारेपछि गाउँमा कहिलै नआएका रोकाय एकैपटक उम्मेदवार बनेर गाउँ, गाउँमा केही कार्यकर्ता परिचालन गरी भोट माग्दा आफूहरू चकित परेको नर्कुका शर्मलाल शाहीले बताएको छ  ।  शाहीले भने , चुनाव हारेपनि हाम्रो घर दैलोमा आएर नियमित सम्पर्कमा रहनु पर्थ्यो । तर, रोकायको त्यस्तो गरेनन्  ।

माओवादी र एमालेका मात्र होइन अहिले कांग्रेसका नेता कार्यकर्ताहरू पनि गाउँमा बल्ल देखिन थालेको  छ ।  अर्को  स्थानीय सोमराज शाहीले  भने । चुनाव हार्नेबित्तिकै ठाउँ नै छोडेर भाग्ने अनि उम्मेदवार बनेपछि समर्थक बीचमा गाउँ आएर हल्ला गर्ने तरिकाले गर्दा जनता भोट बैंक मात्र ठानेको भन्दै शाहीले आक्रोश पोखेको हुन  ।

घरदैलोमा आएका नेता तथा कार्यकर्ताले रोजगारी, विकासका भन्दा पनि एकअर्को दलका नेतालाई गाली मात्र गरेको देख्दा आफूहरूलाई दिक्क लागेको स्थानीय बताउँछन् ।

जनताको घर दैलोमा पाइला नटेक्ने चुनाव आएपछि भारतसहित अन्य देश गएकालाई बोलाउन र आफ्नो पार्टीलाई भोट दिन आग्रह गरेका नेताहरूले जनतालाई प्रयोगको साधन तथा भोट बैंकको रुपमा लिएको सुर्खेत सिम्ता गाउँपालिका गोजीका राम केसीले बताएको छ  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com