सबैलाई पठाउनु होला

सुर्खेत  –   स्याउ उत्पादनका हिसाबले उत्कृष्ट जिल्ला डोल्पामा नयाँ जातको स्याउ परीक्षण सुरु भएको छ । हिमाली क्षेत्र डोल्पामा तीन प्रकारका हावापानी रहेको छ । यसमध्ये मध्य डोल्पामा मात्रै स्याउ पाइन्छ । यहीमध्ये डोल्पामा फुजी, गोल्डेन, डेलिसियस र स्टार रेड जातको स्याउ परीक्षण सुरु गरिएको हो ।

ठूलीभेरी नगरपालिका–७ बागवानी विकास केन्द्रले इटालीबाट स्याउको बिरुवा ल्याएर परीक्षण सुरु गरेको हो । जसको उत्पादन र स्वाद हेरेर अन्यत्र विस्तार गर्ने केन्द्रको योजना रहेको कार्यालय प्रमुख सम्पति बुढाले बताएको छ  । लगाएका स्याउका बिरुवामध्ये केही एकै वर्षमा फलिसकेको र केही फल्ने क्रममा रहेको उनले बताएको छ  । सानो रुख र टिप्न पनि सजिलो हुने भएकाले उच्च घनत्वको स्याउको सम्भाव्यता अध्ययन थालेको प्रमुख बुढाले  जानकारी दिएको छ  ।

स्याउ राख्न जिल्लामा चिस्यान केन्द्र नभएकाले उच्च घनत्वको स्याउलाई विकल्पका रुपमा खोजिएको उनले बताए । यस्तै केन्द्रले बिरुवा पनि उत्पादन गरिरहेको छ । स्टार रेडका ८०, फुजीका ८०, गोल्डेनका ८० बिरुवा केन्द्रमै तयार भइरहेको छ  ।

परीक्षणमा रहेका स्याउको जातहरुले उचित स्याद दिए विस्तार गरिनेछ । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा बढी मात्रामा स्याउ उत्पादन हुन्छ । अहिले डोल्पामा करिब चार सय हेक्टरमा स्याउ लगाएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com