सबैलाई पठाउनु होला

रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।

चन्द्रपुरको सडक, ढल र विकासका पूर्वाधारसहितमा विगत ५ वर्षमा कुनै परिवर्तन हुन नसकेको बताउँदै आएका उनी आफैं चुनावी मैदानमा उत्रिएका हुन्।

तिमल्सिनाले नगरमा हुने बेथिति र भ्रष्टाचारविरुद्ध पनि आवाज उठाउँदै आएका छन्।

तिमल्सिनाले हिउँदको समयमा जाडोबाट जोगाउन मकवानपुरका चेपाङदेखि तराई-मधेसका पछाडि परेका मानिसहरुलाई न्यानो कपडा पनि बाँड्ने गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com