नेपाली काँग्रेसको गोरखा सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा कार्यकर्ताहरुले ताला लगाइदिएका छन् ।
स्थानीय तह चुनावको टिकट बाँडफाँडमा असन्तुष्टि जनाउँदै उनीहरुले कार्यालयको मूल गेटमा ताला लगाइदिएका हुन् ।
गोरखा नगरपालिकाको मेयर पदको टिकट बाँडफाँडप्रति उनीहरुको असन्तुष्टि रहेको काँग्रेसका एक नेताले बताएका छन् ।
काँग्रेसको प्रदेश कार्यसमितिले पार्टीका तर्फबाट गोरखा नगरपालिकाको मेयरमा विश्वदेव श्रेष्ठलाई उम्मेद्वार चयन गरिएको छ । हालका मेयर राजनराज पन्त पनि आकाँक्षी रहेका थिए ।

