सबैलाई पठाउनु होला

काठमाडौं  –  स्थानीय तहको चुनावको सरगर्मी सुरु भएको छ । सोमबार उम्मेदवारी दिने अन्तिम दिन । कतिपय सेलिब्रिटीले पनि उम्मेदवारी दिएका छन् भने कतिपय दिने तयारीमा  रहेका छन् ।

यस्तोमा काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका र्‍यापर बालेन शाहको पक्षमा फिल्म, संगीत र फेसन क्षेत्रका सेलिब्रिटी खुलेरै प्रस्तुत भएका छन् ।

निर्माताहरु माधव वाग्ले, सन्तोष सेन, अभिनेत्रीहरु स्वस्तिमा खड्का,  प्रियंका कार्की,    कलाकार निर्मल शर्मा खुलेर बालेनको पक्षमा लागेका छन् ।

राजनीतिक मुद्दामा मौन रहने प्रियंका र स्वस्तिमाले चाहिं बालेनको तस्वीर र घोषणापत्र पनि सेयर गरेका छन् । निर्देशक निश्चल बस्नेत र गायिका इन्दिरा जोशी बालेनको घोषणापत्र प्रस्तुत गर्ने समारोहमै उपस्थित भएका  थिए ।

राप्रपाबाट मेयरको उम्मेदवार सिफारिस भएका अभिनेता मदनदास श्रेष्ठले पनि सोमबार उम्मेदवारी दर्ता गराउँदैछन् ।

नेकपा एमालेबाट काठमाडौंको उपमेयरमा सिफारिस भएकी सुनिता डंगोलले पनि उम्मेदवारी दर्ता गराउँदैछिन् ।

नेपाली कांग्रेसको तर्फबाट रोल्पाको त्रिवेणी गाउँपालिकाको अध्यक्षमा लोकगायिका राधिका हमाल सिफारिस भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com