सबैलाई पठाउनु होला

काठमाडौं –  सत्तारुढ गठबन्धनको बैठकले सत्ता गठबन्धनकै उम्मेदवारलाई निर्वाचित गराउन आ-आफ्नो संयन्त्रमार्फत् पहल गर्ने निर्णय गरेको छ ।

आज बिहान काठमाडौंमा बसेको सत्ता गठबन्धन दलको शीर्ष नेताहरुको बैठकले सो निर्णय गरेको हो । बैठकले गठबन्धनको निर्णय अनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन समेत दिएको छ ।

बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले देशैभर पाँच दलको एउटै उम्मेदवार हुने दाबी समेत गरेका छन्  ।

गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने निर्णय बैठकले गरेको उनले बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com