सबैलाई पठाउनु होला

काठमाडौं –  नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनमा आफूखुशी दिएको उम्मेदवारी फिर्ता गराउन पहल भइरहेको बताए ।

सत्तारुढ दलहरुबीचको सहमति विपरीत स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन भएको भन्दै उनले यस्ता उम्मेदवारी फिर्ता लिन सक्दो पहल र प्रयास भइरहेको बताए ।

‘कतिपय पालिका र वडा स्तरमा दलहरुले आ–आफ्नो दलको नोमिनेसन गराएका छन् । तर, संवाद चलाउँदै लगेर नाम फिर्ता लिने बेलासम्म सबै ठाउँमा सहमति जुटाउन प्रयास र पहल भइराखेको छ’ मंगलबार संवाद डबलीमा आयोजित कार्यक्रममा उनले भनेका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com