सबैलाई पठाउनु होला

काठमाडौं –  नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ ।

हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो।

जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएका छन्  ।

सत्ता गठबन्धनबीच भागबन्डा हुँदा कमलामाई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले उम्मेदवारी दिएका थिएको थियो  ।

आयोगले श्रेष्ठको उम्मेदवारी खारेज गरेपछि गठबन्धनबाटै वैकल्पिक उम्मेदवारलाई उपमेयरमा अगाडि सार्ने गरी कुरा भइरहेको माओवादी केन्द्र सिन्धुलीका इञ्चार्ज राजन दाहालले बताएको छ  ।

विकल्पको रुपमा गठबन्धनबाटै जनता समाजवादीका उम्मेदवारलाई विकल्पका रुपमा अगाडि सार्न सकिने उनको भनाइ रहेको छ ।

‘गठबन्धन दलबाटै जसपाबाट साझा उम्मेदवारी दिनु भएको छ,’ दाहालले भने, ‘यदि उहाँको खारेज भयो भने हामी गठबन्ध दलभन्दा बाहिर जाँदैनौं ।  हामी गठबन्धनको बैठक बस्छौं र गठबन्धन दलकै उम्मेदवारलाई अगाडि सार्छौं ।’ जसपाबाट उपमेयरमा उम्मेदवारी दिएका मोदनाथ तिमिल्सेनालाई वैकल्पिक उम्मेदवार बनाउने दाहालको भनाइ रहेको छ ।

वडा अध्यक्ष र सदस्यहरुको पनि उम्मेदवारी दर्ता भएन

मुख्य निर्वाचन अधिकृतको कार्यालय कमलामाई नगरपालिका सिन्धुलीमाडीका अनुसार प्रक्रिया नपुग्दा वडा अध्यक्ष र वडा सदस्यहरूको पनि उम्मेदवारी खारेज भयो  ।

उम्मेदवारी खारेज हुनेहरुमा ४ नम्बर वडा अध्यक्षका उम्मेदवार राप्रपाका विष्णुकुमार श्रेष्ठ र ११ नम्बर वडा अध्यक्षका उम्मेदवार राप्रपाकै मेगबहादुर ठकुरी रहेका छन् ।

श्रेष्ठको प्रस्तावकको विवरण नमिलेको र ठकुरीको समर्थकको विवरण नमिलेकोले उम्मेदवारी दर्ता हुन नसकेको हो  ।

यसैगरी वडा सदस्यहरुमा बीरबहादुर माझी, ढाल बहादुर विक, सोम माया कार्की,  लक्ष्मण सुनुवार, उज्जवल कोइराला, टिका प्रसाद घिमिरे र मान्दो सिं भोलानको पनि उम्मेदवारी दर्ता नभएको निर्वाचन कार्यालयले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com