सबैलाई पठाउनु होला

नेपाल –  कुबेतको जजिरा एयरलाइन्सले भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट इतिहास रच्दै पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा बन्दैछ। अरूले यात्रु पाउने वा नपाउने भनेर द्विविधा भई हिम्मत नगरिरहँदा यसले ढुक्क भएर भैरहवा–कुबेत–भैरहवा सिधा उडान भर्दैछ।

यसले जेठ २ गते बुद्ध जयन्तीका शुभ दिनलाई अवतरणको पहिलो दिन बताउँदैछ। वायुसेवालाई बुद्ध भूमिमा अवतरण गराउनु आफैंमा एउटा इतिहास रहेको छ ।अब नेपालको तराई र पहाड जोडिएका क्षेत्रका जनतालाई कुबेत श्रमका लागि जान र घर फर्कने सहज र सरल अवस्था बनेको छ।

यसले काठमाडौं केन्द्रित बाध्यता अन्त्य गर्ने भएको छ। सुगम र सरल पहुँच बनाउनु राम्रो पक्ष हो। अब विस्तारै अन्य अन्तर्राष्ट्रिय वायुसेवाले भैरहवा लक्षित गर्ने पक्का छ। किनकि हाल यात्रु पाउने सम्भावना बढेको छ।

जे होस्, अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको अन्तर्राष्ट्रिय वायु मार्गलाई जोड्छ। अझ पहाड र तराई दुवै जोडिनु सुखद पक्ष हो। सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सहज र सरल पहुँच बनाउन कुनै कसर छोड्नु हुँदैन।

गौतमबुद्ध विमानस्थलले कालान्तरसम्म पश्चिम नेपालका   पर्यटन, कृषि,उद्योग सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। गौतमबुद्ध विमानस्थलले कालान्तरसम्म पश्चिम नेपालका  पर्यटन, कृषि,  उद्योग सबै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने देखिएको छ। त्यसैले पनि राज्यले यो विमानस्थललाई विशेष प्राथमिकताका साथ विकास गर्दै जान जरुरी रहेको छ।

जजिराले हाल कुबेतबाट टर्कीको इस्तानबुल र इजिप्ट पनि उडान भर्दैछ। निकट भविष्यमा जजिराले युरोपीय मुलुक जोड्ने तयारी गरिएको जनाएको छ। यो बजेट एयरलाइन्स भए पनि यसले सेवा आक्रामक रूपमा अगाडि बढाउँदै लगेको छ। त्यसैले भविष्यमा लुम्बिनीसँग पश्चिमा मुलुक सजिलै जोडिनेछ। हाल वैदेशिक रोजगारमा जानेलाई सहज र सरल हुने भए पनि पछि लुम्बिनीसँग युरोपियन पर्यटक र बौद्धमार्गी पनि जोडिने अपेक्षा गर्न सकिन्छ।

जुन लुम्बिनी पर्यटनका लागि नयाँ मार्ग बन्न सक्छ। भौगोलिक अवस्था विचार गर्दा अब नेपालका ८० प्रतिशत वैदेशिक रोजगारमा जानेलाई यो वायुसेवाले ढोका खुल्दै छ। नेपालका महेन्द्रनगरदेखि झापासम्मका तराई र जोडिएका पहाडका जनतालाई जजिरा एयर महत्त्वपूर्ण हुनेछ।

जजिराले भविष्यमा आफ्नो वायुयान र सेवा थप्ने योजनामा अगाडि बढेको जनाएको छ।  जुन नेपालका तराईवासीका लागि महत्त्वपूर्ण भूमिका खेल्न सक्ने अपेक्षा गर्न सकिन्छ। ७५ वर्षको एउटै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगलाई पार गर्दै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल देशमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नु नेपालसँगै विश्वकै गौरवको विषय हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com