सबैलाई पठाउनु होला

काठमाडौं    मोरङको केराबारी गाउँपालिकामा वडा सदस्य पदका १ उम्मेदवारको मृत्यु भएको छ।नेपाली कांग्रेसबाट केराबारी वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार नवीन लिम्बुको शुक्रबार बिहान मृत्यु भएको छ ।

अघिल्लो दिन भोट माग्ने अभियानमा सक्रिय भएर स्वस्थ अवस्थामा सुतेका उनी शुक्रबार अचानक बेहोस भएर ढलेको गाउँपालिका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले बताएका छन्  ।

उपचारका लागि केराबारी बजारतर्फ ल्याउँदै गर्दा लिम्बुको बाटैमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमका लागि पठाइएको कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com