काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गरे ।
वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उनले भनेका छन्, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ ।
सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

