सबैलाई पठाउनु होला

काठमाडौं –   सशस्त्र प्रहरी बलका नवनियुक्त महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी कर्मचारीको सरुवा बढुवालाई न्यायोचित एवं पूर्वानुमान योग्य बनाउने बताएका छन् ।

सोमबार गृह मन्त्रालयमा दज्र्यानी चिह्न लगाएपछि पत्रकारहरुसँग बोल्दै उनले पदपूर्तिलाई व्यवस्थित गर्न आवश्यक मापदण्ड निर्माण गरी लागू गर्ने पनि बताए ।

उनले भने, ‘हाल भएका कार्यविधिहरु र विभिन्न नयाँ कार्यविधिहरु निर्माण गरी व्यक्तिले नभइ नीतिले संगठन चलाउने पद्धतिको सुरुवात गरिनेछ’   ।

संगठनको इन्ष्टिट्युसनल मेमरीलाई प्रविधियुक्त बनाउने र बिदा प्रणालीलाई डिजिटलाइज सिष्टममा लैजाने र आर्थिक पारदर्शिता आफ्नो प्राथमिकतामा रहेको महानिरीक्षक अर्यालले बताएको छ  ।

उनले स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, मर्यादित तथा विश्वसनीय ढंगले सम्पन्न गर्न सशस्त्र प्रहरी बलले काम सुरु गरिसकेको पनि बताएको छ ।

महानिरीक्षक अर्यालले निकट भविष्यमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि समेत आवश्यक तयारीहरु गर्दै निर्वाचनको सुरक्षा जिम्मेवारी पूरा गर्न सशस्त्र प्रहरी बल नेपाल तयार रहेको पनि बताएको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com