सबैलाई पठाउनु होला

धनुषा –    धनुषाको मिथिला नगरपालिकाका नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र महतोले देशकै नमूना नगरपालिकाको रुपमा विकास गर्न भिजनकासाथ उम्मेदवारी दिएको बताए ।

पुष्पवलपुरमा घरदैलोको क्रममा भेटेका महतोले अन्नपूर्णसँग भने, ‘मिथिला नगरपालिकालाई देशकै नमूना नगरपालिकाको रुपमा विकास गर्न भिजन र मिसनका साथ उम्मेदवारी दिएको हुँ ।’

उनले भ्रष्टाचाररहित समाजको निर्माण गर्ने आफ्नो पहिलो प्राथमिकता रहने बताएको छ   । ‘नगरपालिकालाई समुन्नत र समृद्ध नगरपालिका निर्माणमा थुप्रै आधार तयार गर्न बाँकी रहेको छ ।

व्यवस्थित शहरीकरणका लागि भिजनको आवश्यक्ता  रहेको छ, महतोले भने, ‘ नगरपालिकालाई कसरी नमूना नगरपालिकाको रुपमा विकास गर्न सकिन्छ भन्ने भिजन मसँग छ । मलाई मतदाताहरुले काम गर्ने मौका दिनुहुनेछ भन्नेमा म विश्वस्त  रहेको छु ।’

मिथिला नगरपालिकामा ८० प्रतिशत जनता कृषिमा आस्रित रहेकाले यहाँको किसानलाई सिँचाई, मलखाद्य तथा बिउ विजनको अभाव हुन नदिने दावी गरेको छ  । विगतको नेतृत्वहरुले गलतका कारण नगरको विकास हुन नसकेकोमा उनले जिकिर गरेको छ  ।

आफू निर्वाचित भए नगरमा  स्वास्थ्य, शिक्षा,  कृषि तथा पर्यटन क्षेत्रमा विकास गर्नका लागि योजनाबद्ध रुपमा काम गर्ने दावी गरेको छ  । मिथिला नगरपालिकालाई प्राविधिक शिक्षाको केन्द्रको रुपमा विकासका लागि पहल गर्ने पनि उनको कथन रहेको  छ ।

उनले नदी दोहन नगरभित्रको ठूलो समस्या बनेको बताउँदै क्रसर उधोगहरुलाई व्यवस्थित गर्नेदेखि उत्खनन् र दोहनलाई उन्मुलन गर्ने विश्वास दिलाएका छन्  ।

‘निर्वाचित भएपछि नगरवासीकै सल्लाहको आधारमा नगर विकासका लागि काम गर्नेछु । घरदैलोको क्रममा मतदाताहरुबाट राम्रो रेस्पोन्स पाइरहेको छु । म नगरप्रमुखमा निर्वाचित हुनेमा पूर्णरुपमा विश्वस्त  रहेको छु,’ महतोले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com