सबैलाई पठाउनु होला

काठमाडौं –   स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरुले घरदैलो अभियान तीव्र पारेका छन्। देशकै मुख्य आकर्षकको केन्द्र र राजधानी रहेको सहर काठमाडौं महानगरमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेबीच मुख्य  प्रतिस्पर्धा हुने देखिएको छ।

काठमाडौं महानगरमा गठबन्धनबाट मेयर कांग्रेसलाई र उमपेयर एकीकृत समाजवादीले भागबण्डा गरेको छ। गठबन्धनविरुद्ध एमाले एक्लै निर्वाचनमा होमिएको छ।

एमालेबाट प्रमुख पदका उम्मेदवार केशव स्थापित र उपप्रमुख उम्मेदवार सुनिता डंगोलले उम्मेदवार दिएका छन्। २०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपटक फेरि दोहोर्‍याएको हो।

निर्वाचन नजिकिएपछि नेकपा (एमाले) तर्फका वडाअध्यक्षसहितका उम्मेदवारहरु काठमाडौं महानगरपालिका चुनावी एजेण्डासहित मतदाताको घर–दैलोमा पुग्न थालेका छन्।

मंगलबार बिहानैबाट उनीहरु काठमाडौं -२१ स्थित लगन टोल लगायतका स्थानमा मत माग्न पुगेका छन्। चुनावी घोषणापत्र र एजेण्डासहित उम्मेदवारहरु आफ्नो घर–दैलोमा भेटिँदा मतदाता पनि उत्साहित बनेका छन्।

कतिपय मतदाताले घर–दैलो कार्यक्रममा आएका उम्मेदवारलाई विजयी भएर गएपछि पनि घर–दैलोको सरकार हो भन्ने अनुभूति गराउने गरी जनताकै बीचमा रहन सुझाव समेत दिएको छ ।

घर–दैलो कार्यक्रममा नेताहरु पुग्दा त्यहाँका मतदाता निकै उत्साहित बनेको देखिन्थे। उम्मेदवारहरुले निर्वाचिनका लागि मत माग्न भन्दापनि कहाँ–कहाँ, के–के काम गर्नुपर्ने छ भनेर हेर्न आएको बताएका छन्। उनीहरुले विकास गर्न बाँकी ठाउँ देखाउन मतदातासँग आह्वान गरेका छन्।

उपमेयरकी उम्मदवार डंगोलले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सार्थक बनाउन एमालेलाई जिताउनुपर्ने मतदाता समक्ष बताएकी छन्। उनले ‘स्वच्छ, जीवन्त, संस्कृति नगर, व्यवस्थित कामठमाडौं महानगर’ को नारालाई समेत जोड दिएकी छन्।

उनीप्रति युवापुस्ताको आकर्षण समेत बढेको छ। जनतासँग प्रत्यक्ष जोडिएको पार्टी भएकाले एमाले काठमाडौँ महानगर कमिटीले दैनिक बिहान–बेलुका घर–दैलो कार्यक्रम गर्ने महानगर कमिटीका अध्यक्ष निर्मल देउलाले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com