सबैलाई पठाउनु होला

काठमाडौं –   राष्ट्र बैंकको निर्देशनमा २१ चैतदेखि आयात रोकिएका वस्तुहरुको प्रतीतपत्र (एलसी) खुल्न थालेको छ । केन्द्रीय बैंकको मौखिक निर्देशनबाट आयात रोकिएका वस्तुहरुको आयात एलसी पुनः मौखिक निर्देशनकै भरमा खुल्न थालेको बैंक तथा व्यापारीहरुले बताएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात रोक्ने वस्तुको सूची राजपत्रमा सूचना प्रकाशित गरेपछि राष्ट्र बैंकको मौखिक निर्देशनमा रोकिएको एलसी नियमित भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको  छ ।

गत हप्ताको अन्त्यतिरबाट सुन आयातको एलसी खुलको महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताएको छ  । ‘चैत २१ देखि बन्द रहेको कोटाभित्रकै सुन आयात नियमित भएको छ,’ शाक्याले भने ‘­पुरानै कोटा अनुसार सुन आयातका लागि बैंकहरुले एलसी खोलेका छन् ।’

बन्दपछि खोलिएको एलसीको सुन आउन भने अझै केहीदिन लाग्ने पनि अध्यक्ष शाक्यले बताएको छ  । सुन आयात हुने मुलुक दुबईमा इदको बिदाका कारण प्रशासनिक झन्झट देखिएको उनले बताएको छ  ।

सुन आयातका लागि राष्ट्र बैंकले जारी गरेको नगद मार्जिनको व्यवस्था भने यथावत नै रहेको उनको भनाइ छ । नेपाल इम्पोटर्स एसोसिएसनले पनि सरकारले तोकेको १० प्रकारबाहेकका अन्य वस्तुको आयातको एलसी खुलेको जानकारी दिएको  छ ।

करिब ३ सय प्रकारका शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरिएका वस्तुको आयात एलसी खुलेको संघका वरिष्ठ उपाध्यक्ष एसबी ढकालले बताएको छ  । ‘राष्ट्र बैंकको मौखिक निर्देशन भन्दै वाणिज्य बैंकहरुले रोकेको एलसी अहिले खुलेको छ,’ ढकालले भने ‘आयात निरुत्साहनका लागि कम मात्रामा एलसी खोल्न भनिएको छ ।’

एक करेाडको सामान आयात गर्नेलाई २० देखि ३० लाखको मात्रै एलसी खोल्न भनिएको पनि उनले बताएको छ  । सरकारले राजपत्रमा सूचना निकालेर आयात रोकेकाबाहेक अन्य वस्तुको आयातमा एलसी खोल्ने क्रम सुरु भएको नेपाल बैंकर्स संघले जानकारी दिएको  छ ।

शोधानान्तर घाटा चुलिएको र ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घटेको भन्दै गत पुस देखि आयातको भुक्तानीमा राष्ट्र बैंकले कडाइ गर्दै आएको छ । गत चैत २१ को राष्ट्र बैंकको निर्देश्न पछि बैंकहरुले गाडी, मदिरा लगायतका बिलासिताका वस्तुको आयात रोक्ने निर्णय गरेका थिए ।

तर, आयात रोक्ने केही दिनअघि र आयात रोक्ने निर्णय लगत्तै राष्ट्र बैंक र बैंकहरुको मिलोमतोमा सीमित व्यापारीक घरानालाई ठूलो मात्रामा वस्तु आयातको अनुमति दिइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com