कपिलवस्तु – पदको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै म्यादी प्रहरी नवराज रेग्मी पक्राउ परे ।
सामाजिक सञ्जालमार्तफ् कानुनले बर्जित गरेका कुराहरु गर्दै केही दिनदेखि उनी भाइरल बनेका थिए।
उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जनाएको हो ।
उनका अनुसार म्यादी प्रहरी रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्द चलाइने छ। एसपी कार्कीले भने, ‘निज नवराज रेग्मीलाई मंगलबार नै नियन्त्रणमा लिएका हौं। अभद्र व्यवहार कसुरमा मुद्दा चलाउने तयारी छ,’ ।
प्रहरीले नियन्त्रणमा लिएको ‘म्यादी प्रहरी’ भनिएका नवराज रेग्मीले अर्काको पोसाकबाट भिडियो बनाएको खुलेको छ। कपिलवस्तु जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका रेग्मीलाई सोधुपुछ गर्ने क्रममा उनी म्यादी नै नभएको खुलेको हो।
जिल्ला प्रहरी कार्यालयका एसपी दानबहादुर कार्कीले म्यादी प्रहरीको ड्रेस उपलब्ध गराउने पुरन भट्टराई रहेको बताएको छ । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको छ।
उनले भने, ‘दुई जनाले सल्लाह गरेरै भिडियो बनाएको देखियो। म्यादी प्रहरी रहेका पुरनले नवराजलाई ड्रेस उपलब्ध गराएर उक्त भिडियो बनाएका रहेछन्,’ ।
कानुनले बर्जित गरेका शब्दहरु उच्चारण गर्दै भिडियो बनाएका रेग्मीलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो। सोधपुछको क्रममा उनी म्यादी नै नभएको खुलेको थियो।
सार्वजनिक अपराध र अभद्र व्यवहार गरेको कसुरमा उनीहरुविरुद्ध मुद्द चलाइने प्रहरीले जानकारी दिएको छ।

