सबैलाई पठाउनु होला

काठमाडौं –   नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपालीलाई साधारण सेयर आईपीओमा कोटा दिने घोषणा गरेका छन् ।

काठमाडौंमा भएको पूँजीबजार सम्बन्धी सम्मेलनमा उनले विदेशमा रहेका नेपालीलाई कोटा दिनका लागि कार्यविधि बनिरहेको उनले बताएको छ  ।

  • वैदेशिक रोजगारीमा गएकाले आईपीओमा कोटा पाउने

यस्तै हमालले बुक विल्डिङ विधिबाट आईपीओ निकाल्ने कामलाई अब अगाडि बनाइने बताए ।

पारदर्शितामा कसैले प्रश्न उठाउने ठाउँ  बाँकी नहुने गरी काम अघि बढाउन आफूले नेप्सेलाई निर्देशन दिइएको बताएको छ  । यसअघि बुक विल्डिङ मार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्टले प्रक्रिया अघि बढाएको थियो ।

तर तत्कालीन बोर्ड अध्यक्ष र नेप्सेका कार्यकारी प्रमुखले नै सर्वोत्तमको सेयर किनेको भेटिएपछि बुक विल्डिङ प्रक्रिया नै अलपत्र  परेको छ । त्यसतर्फ इंकित गर्दै अध्यक्ष हमालले भने, ‘हामी चाहान्छौँ अब पहिलो बुक विल्डिङमा पारदर्शिताको प्रश्नै आउनु हुँदैन, रियल सेक्टरलाई हामी ल्याउछौँ ।’

हमालले आफूले दिन गनेर काम गरिरहेको बताए  । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिज भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेकफ छु, म केही गर्न आएको हो ।’

आफू निजी क्षेत्रबाट नियामक निकायमा आएको भन्दै निजी क्षेत्रको विषयमा आफू सकारात्मक भएको बताएको छ  । प्रधानमन्त्री र अर्थमन्त्री समेत बजारको विकासका विषयमा सकारात्मक रहेकोले काम गर्न आफूलाई सहज रहेको समेत उनले बताएको हो  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com