सबैलाई पठाउनु होला

काठमाडौं –    श्रीलंकामा सरकार समर्थक र विरोधीबीच हिंसात्मक झडपको क्रममा सत्ताधारी दलका एक जना सांसदले आत्महत्या गरे  ।

सत्ताधारी दलका सांसद अमरकीर्ति अथुकोरालले सोमबार सुरुमा श्रीलंकामा सरकार समर्थक र विरोधीबीचको झडपमा एक जना सांसदले आत्महत्या गरे, पछि आफूले आफैंलाई गोली हानेर आत्महत्या गरेको  छ ।

यो घटना राजधानी कोलम्बोको बाहिरी इलाकामा भएको हो । समाचार एजेन्सीका अनुसार प्रहरीले अमरकीर्तिले निट्टामबुआमा उनको कार रोक्ने कोसिस गरेका दुई जनामाथि गोली चलाएका थिए ।

उनले हानेको गोली लागेर एक जनाको मृत्यु भएको थियो । त्यसपछि आक्रोशित भिडबाट जोगिने प्रयासमा उनी नजिकको एक भवनमा लुकेका थिए । सो भिडले उनी लुकेको भवनलाई घेरा हाल्यो ।

त्यसपछि उनले आफैंलाई गोली हानेका थिए । श्रीलंकामा सोमबार सरकार समर्थक र विरोधीबीच झडप हुँदा पाँच जनाको मृत्यु र  १३८ जना घाइते भएका छन् । यहीबीचमा श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापक्षेले पदबाट राजीनामा दिएका हुन  ।

श्रीलंकामा आर्थिक संकट चुलिएपछि नागरिकको आक्रोश बढेको छ । अभावबाट गुजि्ररहेका उनीहरुले सरकारविरुद्ध दिनहुँ विरोध प्रदर्शन गर्दै आइरहेका  छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com