सबैलाई पठाउनु होला

काठमाडौं –    काठमाडौंको कलंकी चोकमा आज बिहान टिपरले ठक्कर दिंदा एकजना मोटरसाइकल चालकको मृत्यु भएको हो  ।

थानकोटबाट स्वयम्भुतर्फ आइरहेको बा ५ ख ७३४५ नम्बरको टिपरले सोही दिशामा रहेको बा ८० प ६३७३ नम्बरको मोटरसाइकललाई आज बिहान करिब ३ बजे ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका-२ घर भएका ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको छ  ।

दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको  छ ।

टिपर चालकलाई कालीमाटी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको  छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com