सबैलाई पठाउनु होला

मलयालम अभिनेत्री –    मलयालम अभिनेत्री सहानाले गएको बिहिबार आफ्नो २२ औं जन्मदिन मनाइन् । तर, त्यसको भोलिपल्ट बिहान बाथरुममा उनी मृत्त भेटिइन् ।

उल्लासका साथ जन्मदिन मनाएकी सहानाले किन आत्महत्या गरिन् ? यो भन्दा जटिल प्रश्न अर्कै रहेको छ । उनले आत्महत्या गरेका हुन् वा हत्या ? सहानाका आमाबुवाले यसलाई आत्महत्या मान्न तयार छैनन् ।

उनीहरुले आफ्नो छोरीको हत्या भएको भन्दै स्थानिय प्रहरीमा उजुरी दिएका छन् । यी मलयालम अभिनेत्रीको मृत्यु रहस्यमय रहेको छ । अब लागौं बलिउडतर्फ ।

थुप्रै बलिउड अभिनेत्री रहेका छन्, जसको मृत्यु अझैपनि रहस्यको गर्भमा रहेको छ । उनीहरुको मृत्यु स्वभाविक थियो वा थिएन ? उनीहरुले आत्महत्या गरेका थिए वा हत्या ? उनीहरुको मृत्युको पछाडि कुनै कारण लुकेको छ ?

यी प्रश्नहरु अहिलेसम्म निरुत्तर रहेका छन् । जस्तो बलिउडमा अभिनेता बराबार स्टारडम बनाएकी अभिनेत्री श्रीदेवीको मृत्यु स्वभाविक थिएन । हुन त उनको मृत्यु साइलेन्ट हार्ट अट्याकको कारण भएको पनि भनिएको थियो  ।

तर, सबैले यसलाई पत्याएका छैनन् । किनभने उनको मृत्युपछि पोस्टमार्टम गर्दा उनले मदिरा सेवन गरेको भेटियो । तर, मदिराकै कारण पनि उनको मृत्यु भएको हो भन्ने कुरामा सबै सहमत रहेका  छैनन् ।

नजिकबाट चिन्नेहरुले भनेका छन्, उनी सीमित मदिरा पिउने गर्थे । आफन्तको विवाहमा सहभागी हुन पुगेकी उनको दुबईको एक होटलमा मृत्यु भएको थियो । त्यहाँ उनीसँग पति बोनी कपूर पनि थिए ।

यद्यपि श्रीदेवीलाई आफ्नो कोठाको बाथटपमा डुबिरहेको अवस्थामा भेटिएको थियो । उनको मृत्यु के कारणले भयो ? यो रहस्यको पर्दा अहिलेसम्म खुलेको छैन ।

बलिउडमा सनसनी मच्याएको अर्को घटना थियो, दिव्य भारतीको मृत्यु । आफ्नो जमानाका सर्वाधिक प्रिय अभिनेत्रीको करियरको उत्कर्षमा रहँदै मृत्यु भएको थियो  ।

उनको मृत्यु पाँचौ तलामाथिबाट बज्रिएर भएको थियो । प्रहरी अनुसन्धानले त यसलाई आत्माहत्या नै भन्यो, तर यसलाई धेरैले पत्याएनन् । भने, दिव्या भारतीको हत्या भएको हो ।

विजयलक्ष्मी वडलाकपति, जो सिल्क स्मिताको नामले चिनिन्थे । उनी दक्षिण भारतिय फिल्मकी सुपरस्टार थिइन् । १९९६ मा उनले आत्माहत्या गरिन् । उनी मदिराको कुलतमा थिइन् र आर्थिक अवस्था पनि एकदमै नाजुक थियो, त्यसबेला । पछि उनकै जीवनमा आधारित फिल्म पनि बन्यो, डर्टी पिक्चर ।

परवीन बाबीको मृत्युलाई लिएर अहिलेपनि बलिउडमा अनेकौ अड्कलबाजी गरिन्छ । उनलाई आफ्नै कोठामा मृत्त अवस्थामा फेला पारिएको थियो । त्यो पनि मृत्यु भएको लामो समयपछि ।

खासमा उनी प्यारानाइड स्किजोफिनियाले ग्रस्त थिए  । चिकित्सकका अनुसार उनको मृत्यु भोकको कारण भयो । केहि बर्षअघि जिया खानको मृत्यु भयो । उनी आफ्नै अपार्टमेन्टमा झुन्डिएकी अवस्थामा फेला परेकी थिइन् ।

तर, उनको आत्माहत्यालाई पनि अझै स्विाकार गरिएको छैन । आमा रयिबा खानले आदित्य पंचोलीका छोरा सूरजमाथि हत्याको आरोप लगाएकी थिइन् ।

भारतकी सर्वाधिक चर्चित मोडल विवेका बबाजीको मृत्यु निकै दुखद थियो । उनले आफ्नो फ्ल्याटमा फाँसी लगाएर आत्माहत्या गरेकी थिइन् । उनले आफ्नो डायरीमा केवल यति लेखेकी थिइन्, आइ किल । भनिन्छ, उनी ब्वाइफ्रेन्डका कारण पीडामा थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com