सबैलाई पठाउनु होला

महेन्द्रनगर  –  जिल्लाको शैल्यशिखर नगरपालिका–६ ग्यानीमा आज बिहान साढे ९ बजे हाइस माइक्रो बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ  ।

दार्चुलामा नेकपा एमालेको विजय जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

गोकुलेश्वरबाट ग्यानीतर्फ गइरहेको से १ ज २७७ नम्बरको माइक्रो बस सडकबाट ५ मिटर तल रोल खोलामा खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताएका छन्  ।

चालकसमेत रहेका शैल्यशिखर नगरपालिका ६ का प्रकाश धामी र सोही ठाउँका सहचालक समेत रहेका नविन सिंह धामीको सनाखत भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिएका छन्  ।

उनका अनुसार अर्का एक जना मृतकको परिचय खुल्न सकेको छैन । हाइस गोकुलेश्वरबाट नेकपा एमालेको विजयी जुलुसमा सहभागी हुनेहरुलाई ल्याउन ग्यानी गएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com