सबैलाई पठाउनु होला

काठमाडौं –    जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गरे   ।

स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी रहेको  छ । परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गरेका छन्  ।

‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले लेखेका छन्, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद् कुरा विकल्प पनि छैन !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com