सबैलाई पठाउनु होला

काठमाडौं –    ३४ वर्ष पुरानो एक सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब कांग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटर समेत रहेका नवजोत सिंह सिद्धुलाई एकवर्षको जेल सजाय सुनाएको हो  ।

यसैवर्ष चुनाव हारेका सिद्धुलाई अदालती निर्णयले अर्को धक्का लागेको छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो ।

अदालतले चारवर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेकोथियो  । त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने भएको छ । उच्च न्यायालयले सिद्धुको आत्मसमर्पण र गिरफ्तारीलाई लिएर कुनै राहतको उपाय पेश गरेका छैन  ।

अदालतको आदेशअनुसार सिद्धु आजै जेल जानुपर्नेछ । उनलाई पटियाला जेल पठाउने तयारी भैरहेको छ । केहीबेरअघि उनी पटियालास्थित आफ्नो घरमा समेत पुगेका थिए  ।

आफूले कानूनको सम्मान गर्ने प्रतिक्रिया उनले दिएका छन् । ट्वीटमार्फत कानूनको सम्मान गर्ने उनको भनाई रहेको  छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com