सबैलाई पठाउनु होला

गोरखा– अरु स्थानीय तहमा गठबन्धन गरेर उम्मेदवारी दिएको माओवादी गोरखामा भने एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। जहाँ माओवादीले सफलता हात पारेको छ । २०६४ सालकै हाराहारीमा माओवादीले नतिजा निकालेको छ।

गोरखाका ११ पालिकाहरु मध्ये यो समाचार तयार पार्दासम्म १० पालिकाहरुको नतिजा आइसकेको छ। जसमध्ये ८ पालिकाहरुमा माओवादी केन्द्र विजयी भएको छ। २ पालिकामा कांग्रेस विजयी भएको छ भने १ पालिकाको मत गणना भइरहेको छ।

अघिल्लो (२०७४) स्थानीय तहको चुनावमा २ पालिकामा खुम्चिएको माओवादीको आयतन यो पटक भने तन्किएर ९ पालिकामा पुगिसकेको छ। अघिल्लो चुनावमा कांग्रेसले जितेका ७ पालिकाहरु खोस्दै माओवादीले कांग्रेसलाई २ पालिकामा सीमित गरेको छ।

सदरमुकाम रहेको गोरखा नगरपालिकामा पनि माओवादीकै दबदबा देखियो। अघिल्लो चुनावमा कांग्रेससँग हारेको बदला लिँदै गोरखा नगरपालिकामा पनि माओवादी विजयी भयो। अघिल्लो चुनावमा माओवादीका मेयरका उम्मेदवार कृष्णबहादुर राना कांग्रेसका उम्मेदवार राजनराज पन्तसँग पराजित भएका थिए।

पालुङटार नगरपालिकामा माओवादी विजयी भएको छ। माओवादीका विवस चिन्तन ६ हजार ७२ मतका साथ विजयी भए। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रेमबहादुर गुरुङले ५ हजार ७१७ मत ल्याए। यो नगरपालिका समेत माओवादीले कांग्रेसबाट खोसेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com