सबैलाई पठाउनु होला

टेक्सास –    अमेरिकाको टेक्सासको एक विद्यालयमा १८ वर्षीय बालकले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । सोही क्रममा घटनाको जानकारी पाएर घटनास्थलमा पुगेको टेक्सास प्रहरीले जवाफी कारबाही गर्दै आक्रमणकारीलाई मारेको छ।

अहिले सो घटनासम्बन्धी नयाँ खुलासा भएको छ । यो घटना गर्नुअघि आक्रमणकारीले आफ्नै हजुरआमामाथि गोली प्रहार गरेको बताइएको छ ।

प्रारम्भिक अनुसन्धानमा प्रहरीले १८ वर्षीय आक्रमणकारी पहिले हजुरआमाको घर गएको थियो । त्यहाँ उसले हजुरआमालाई गोली हाने पछि विद्यालयमा प्रवेश गरेको थियो।

प्राप्त जानकारी अनुसार आक्रमणकारीले विद्यालयमा प्रवेश गर्नेबित्तिकै अन्धाधुन्ध गोली चलाएको थियो ।  अगाडि आउने जो कोहीलाई उनले गोली हानेका थिए।

एकपछि अर्को गर्दै आक्रमणकारीले पहिलो, दोस्रो, तेस्रो र चौथो कक्षाका विद्यार्थीमाथि गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको ज्यान गएको हो  ।

घटनाअघि उनले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा एआर१५  राइफलको तस्बिर सेयर गरेका थिए। प्रहरीका अनुसार १८ वर्षीय आक्रमणकारीको मानसिक अवस्था ठीक थिएन ।

यो घटनाप्रति अमेरिकी राष्ट्रपति जो बाइडेनले शोक व्यक्त गरे  । सोही क्रममा घटनाप्रति दुःख व्यक्त गर्दै ह्वाइट हाउसमा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले भने, ‘राष्ट्रपति बनेपछि यस्तो सम्बोधन गर्न कहले पनि चाहेको थिइनँ।’

उनले यस घटनामा ज्यान गुमाएका सबै परिवारजनप्रति समवेदना व्यक्त गरे  । यसबाहेक बाइडेनले पछिल्ला केही वर्षमा अमेरिकी विद्यालयमा भएका आक्रमणको पनि उल्लेख गरेका छन् ।

जो बाइडेनले भने, ‘निर्दोष बालबालिकाहरुसँग यस्तो भयो। यी बालबालिका तेस्रो र चौथो कक्षाका  हुन् । यीमध्ये धेरै बच्चाहरूले आफ्ना साथीहरू मरेको देखेका छन्। आज राती धेरै अभिभावकले आफ्ना बच्चाहरूलाई देख्ने छैनन्। बच्चा गुमाउनु भनेको आफ्नो शरीरको कुनै अंग चिर्नुजस्तै हो।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com