सबैलाई पठाउनु होला

काठमाडौं  –     नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन पहाडी भू-भागमा हावा हुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाबाट बुधबार जारी बुलेटिनमा दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  र  हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको  छ।

राती पनि प्रदेश १, मधेश प्रदेश  र बागमती प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन / चट्याङ्गसहित हल्का वर्षाको सम्भावना देख्न सकिन्छ।

बिहीबार प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार देशको पहाडी भू-भागका थोरै  स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना देखिएको छ ।

पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग  ‍र  ‍हावाहुरीसहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Social Media Auto Publish Powered By : XYZScripts.com